टिमुरेबाट १०५ जनाको सकुशल उद्धार


काठमाडौं ।

नेपाली सेनाले रसुवाको टिमुरेबाट १०५ जनाको सकुशल उद्धार गरेको छ। आज बिहान सञ्चालन गरिएको रेस्क्यु अपरेशनमार्फत उनीहरूको उद्धार गरिएको हो।

उद्धार गरिएकामध्ये ६ जना विदेशी पर्यटक रहेका छन्। यसैगरी, मैलुङ हाइड्रोपावरको ३ ए टनेलबाट ७ जना नेपाली नागरिकलाई समेत सकुशल इभाकुएसन गरिएको नेपाली सेनाका प्रवक्ता राजाराम बस्नेतले जानकारी दिएका छन्।

Skip This