रसुवा बाढीमा १०४ जनाको उद्धार


काठमाडौं ।

रसुवा बाढीमा परेका १०४ जनाको उद्धार गरिएको छ । बिहीबार बिहान सवा ८ बजेसम्म रसुवा, नुवाकोट र धादिङबाट गरी १०४ जनाको उद्धार गरिएको सरकारी तथ्यांकले जनाएको छ ।

उद्धार गरिएकामध्ये रसुवाबाट ४३, नुवाकोटबाट ५८ र धादिङबाट ३ जना रहेका छन् ।

बाढी प्रभावित क्षेत्रमा खोजी तथा उद्धारको काम बिहीबार बिहानैदेखि जारी छ । उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाउन सर्वदलीय बैठकसमेत सुरु भएको छ ।

Skip This