काठमाडौं ।
रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावितको उद्धारका लागि नेपाली सेनाले पाँचवटा हेलिकोप्टर परिचालन गरी उद्धार कार्य जारी राखेको छ।
सेनाका अनुसार बिहीबार मात्रै प्रभावित क्षेत्रबाट ९७ जनाको उद्धार गरिएको छ। मैलुङ टनेलबाट ३ जना र टिमुरेबाट १४ जनालाई हेलिकोप्टरमार्फत उद्धार गरिएको हो। हेलिकोप्टरबाहेक थप ६३ जनाको समेत उद्धार गरिएको सेनाले जनाएको छ।
नुवाकोटदेखि चितवनसम्म खोज तथा उद्धार एवं राहत वितरणका लागि २ हजारभन्दा बढी सैनिक परिचालन गरिएको छ। सेनाका ११ वटा टोलीले रातभर जमिनबाट उद्धार कार्य गरेका थिए भने ११ वटा ट्रकमार्फत आवश्यक सामग्री प्रभावित क्षेत्रमा पुर्याउने काम भइरहेको छ।
हालसम्म चार सटल राहत सामग्री टिमुरे पुगेका छन्। साथै, नेपाली सेनाको मेडिकल टोली थप गरी त्रिशूली क्षेत्रमा घाइतेहरूको उपचार भइरहेको सेनाले जनाएको छ।














प्रतिक्रिया