तिब्बतमा भीषण बाढी : ३ जनाको मृत्यु, ५५८ बेपत्ता


काठमाडौँ ।

चीनको दक्षिण–पश्चिमी क्षेत्र तिब्बत स्वायत्त क्षेत्रको केरुङ काउन्टीमा बुधबार आएको भीषण बाढीमा परी ३ जनाको मृत्यु भएको छ भने ५५८ जना बेपत्ता भएका छन्।

पिपल्स डेलीका अनुसार, बेपत्ताको खोजी तथा उद्धारका लागि चिनियाँ जनमुक्ति सेना (पीएलए) परिचालन गरिएको छ। उद्धार कार्यको समन्वय गर्न पीएलएको वेस्टर्न थिएटर कमान्डको निर्देशक टोली बिहीबार बिहान वाई–२० सैन्य विमानमार्फत प्रभावित क्षेत्रतर्फ गएको छ।

बाढीका कारण केरुङ क्षेत्रमा ठूलो जनधनको क्षति भएको छ। चिनियाँ सेना र स्थानीय उद्धार टोलीले बेपत्ता नागरिकको खोजी तथा उद्धारलाई तीव्र बनाएका छन्।

Skip This