बाढीग्रस्त क्षेत्रमा उद्धारका लागि २० हेलिकप्टर तयारीमा


काठमाडौँ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित रेस्क्यु कोअर्डिनेसन सेन्टर (RCC) मार्फत बाढीग्रस्त क्षेत्रमा तत्काल उद्धारका लागि आज बिहान ६:३० बजेदेखि २० वटा हेलिकप्टर तयारी अवस्थामा राखिएको छ।

बाढी प्रभावित क्षेत्र आसपास थप ७ वटा हेलिकप्टर परिचालन गरिएको जनाइएको छ। पर्यटनमन्त्री स्वयं दिनभर TIAस्थित RCC मा रहेर उद्धार कार्यको समन्वय तथा अनुगमन गरिरहेका छन्।

उद्धार आवश्यक परे १२३४ मा सम्पर्क गर्न आग्रह गरिएको छ।

Skip This