काठमाडौं ।
रसुवाको भोटेकोशीमा आएको बाढीपछि सम्पर्कविहीन भएका ६४ प्रहरीमध्ये ३६ जना प्रहरी कर्मचारी सम्पर्कमा आएका छन् ।
बिहीबार बिहान ५ बजे सार्वजनिक प्रहरीको बुलेटिनअनुसार इलाका प्रहरी कार्यालय टिमुरका २३ मध्ये १३ जना, प्रहरी चौकी रसुवागढीका ९ मध्ये १ जना, स्याफ्रुबेंसीका ८ मध्ये ५ जना, प्रहरी चौकी मैलुङका ८ मध्ये ३ जना, बेत्रावती प्रहरी चौकीका १० मध्ये ९ जना र प्रहरी चौकी हाकुका ६ मध्ये ५ जना प्रहरी सम्पर्कमा आएका हुन् ।
बाढीपछि अझै २८ जना प्रहरी कर्मचारी सम्पर्कविहीन रहेको प्रहरीले जनाएको छ ।














प्रतिक्रिया