रसुवा बाढीका ४२ घाइतेमध्ये ९ जना डिस्चार्ज


काठमाडौं ।

रसुवा बाढीमा परी घाइते भएकामध्ये काठमाडौं ल्याइएका ४२ जनामध्ये ९ जना डिस्चार्ज भएका छन् । बाँकी ३३ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

नेपाल प्रहरीका अनुसार त्रिवि शिक्षण अस्पतालमा ल्याइएका २३ जनामध्ये ४ जना डिस्चार्ज भएका छन् भने १९ जना उपचाररत छन् । वीर अस्पताल र नर्भिक अस्पतालमा ३/३ जना तथा छाउनीस्थित अस्पतालमा एक जनाको उपचार भइरहेको प्रहरीले जनाएको छ ।

Skip This