काठमाडौँ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले तिब्बततर्फबाट आएको बाढीबाट भएको क्षति, उद्धार, राहत तथा पुनर्स्थापनाका विषयमा छलफल गर्न सर्वदलीय बैठक बोलाएका छन्।
बैठक बिहान ९ बजे सिंहदरबारस्थित रास्वपाको संसदीय दलको कार्यालयमा बस्ने रास्वपा सचिवालयले जनाएको छ। बैठकमा संसदमा प्रतिनिधित्व गर्ने सबै दललाई बोलाइएको छ।
बुधबार आएको बाढीका कारण रसुवा, नुवाकोट र धादिङमा ठूलो जनधनको क्षति भएको छ। भोटेकोशी र त्रिशूली नदी आसपासका तटीय क्षेत्रका बस्तीमा समेत क्षति पुगेको छ। प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्य जारी रहेको छ।














प्रतिक्रिया