सल्यान ।
रसुवामा आएको बाढीपछि सल्यानको कपुरकोट गाउँपालिकाका १३ जना नागरिक सम्पर्कविहीन भएका छन्। गाउँपालिकाले सूचना जारी गर्दै उनीहरूको खोजी तथा उद्धारमा सहयोग गर्न सम्बन्धित सबै पक्षलाई आग्रह गरेको छ।
सम्पर्कविहीन हुनेमा कपुरकोट–६ का ११ जना र कपुरकोट–५ का २ जना रहेका छन्। उनीहरू विभिन्न कामको सिलसिलामा रसुवा पुगेका थिए।
गाउँपालिकाका अनुसार सम्पर्कविहीन १३ जनाको अवस्था हालसम्म यकिन हुन सकेको छैन। गाउँपालिका अध्यक्ष दुर्गाबहादुर पुनले रसुवा तथा आसपासका क्षेत्रमा रहेका सुरक्षा निकाय, स्थानीय बासिन्दा र सम्बन्धित निकायलाई खोजी तथा उद्धारमा सहयोग गर्न अपिल गरेका छन्।
भदौ १० गते तिब्बततर्फबाट आएको बाढीका कारण रसुवा र नुवाकोटमा ठूलो जनधनको क्षति भएको थियो। सोही घटनापछि उनीहरू परिवार तथा आफन्तको सम्पर्कमा नआएका हुन्।















प्रतिक्रिया