तिब्बतको बाढीमा ६४ जनाको शव भेटियो


चितवन । 

चीनको स्वशासित क्षेत्र तिब्बतबाट आएको बाढीले बगाएका ६४ जनाको शव त्रिशूली र नारायणी नदीमा भेटिएको छ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार नदीमा सग्ला शव तथा शरीरका विभिन्न अङ्गसमेत भेटिएका छन्। भेटिएका शव भरतपुर अस्पतालको शवगृहमा राखिएको छ।

तनहुँमा भेटिएका नौ शव चितवन पठाइए पनि शवगृहमा ठाउँ अभाव भएपछि पुनः तनहुँ नै फिर्ता गरिएको पौडेलले जानकारी दिए।

चितवनमा तीनवटै सुरक्षा निकायले नदी किनारमा खोजी कार्यलाई तीव्रता दिएका छन्। भरतपुर अस्पतालको शवगृहमा ठाउँ नपुगेपछि अब भेटिने शव औद्योगिक प्रतिष्ठानको कार्यालयमा व्यवस्थापन गर्ने तयारी गरिएको प्रहरीले जनाएको छ।

Skip This