काठमाडौँ (नेस) ।
रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीमा परी घाइते भएका २५ जनाको काठमाडौँस्थित विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
राष्ट्रिय ट्रमा सेन्टरमा नुवाकोट विदुर नगरपालिका–५ का भक्त भण्डारी, सीता भण्डारी, विवेक कुमाल र रिहाना लामिछाने गरी चार जनाको उपचार भइरहेको छ । त्यसैगरी वीरेन्द्र सैनिक अस्पताल छाउनीमा रसुवा गोसाइँकुण्डकी दावा डोल्माको उपचार भइरहेको छ ।
बाँकी घाइतेहरूको महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचार भइरहेको छ । शिक्षण अस्पतालमा उपचाररत घाइतेहरूमा नुवाकोट विदुर नगरपालिका–३ का तेजबहादुर तामाङ, रसुवा गोसाइँकुण्ड–५ का पेम्बा तामाङ, ठेगाना नखुलेका कुशल मगर, कार्की थरका एक पुरुष, नाम थर बताउन नसक्ने अर्का एक पुरुष, सिन्धुपाल्चोकका मीनबहादुर श्रेष्ठ तथा सल्यानका गिरीलाल बुढाथोकी हुनुहुन्छ ।
त्यसैगरी सिन्धुपाल्चोक बाह्रबिसे–५ का रुपक रोका, सुजन बस्नेत, अशोक श्रेष्ठ र सुशान्त श्रेष्ठ, जाजरकोटका बलबहादुर घर्ती मगर तथा रसुवा गोसाइँकुण्ड–७ टिमुरेका कामु नगरकोटीको पनि सोही अस्पतालमा उपचार भइरहेको छ । नगरकोटीको साथमा उहाँको तीन महिनाको नाबालक शिशुसमेत रहेको छ ।
यस्तै टिमुरे गोसाइँकुण्ड–७ का प्रेमदोर्जे घले र नेमा दोर्जे घले, ठेगाना नखुलेका फुर्प लामा, बर्दिया जितपुरका रामप्रसाद थारु, रसुवा बेत्रावती गाउँपालिका–५ की सुराची राना मगर र भक्तपुर चाँगुनारायण नगरपालिका–१ की रीता दोचाको पनि शिक्षण अस्पतालमै उपचार भइरहेको छ ।














प्रतिक्रिया