काठमाडौं ।
चीन सरकारले रसुवाको केरुङ नाकामा सुरक्षित रहेका नेपाली नागरिकहरूको नामावली सार्वजनिक गरेको छ।
रसुवाको भोटेकोशी क्षेत्रमा आएको भीषण बाढीपछि धेरै नेपाली नागरिक सम्पर्कविहीन भइरहेका बेला चीनतर्फको केरुङ नाकामा सुरक्षित रहेका नेपालीहरूको विवरण सार्वजनिक गरिएको हो।
बाढीका कारण आफ्ना आफन्त तथा परिवारका सदस्य सम्पर्कविहीन भएपछि चिन्तित परिवारलाई सुरक्षित नागरिकको नामावलीले केही राहत पुग्ने अपेक्षा गरिएको छ।
सार्वजनिक गरिएको नामावलीमा रहेका व्यक्तिका आफन्त तथा परिवारसम्म सूचना पुर्याउन सामाजिक सञ्जाल प्रयोगकर्तालाई आग्रह गरिएको छ। विशेषगरी एकपटक शेयर गरेर भए पनि यो विवरण सम्बन्धित परिवारसम्म पुर्याउन अपिल गरिएको छ।
भोटेकोशी बाढीपछि रसुवा, नुवाकोटलगायतका क्षेत्रमा ठूलो जनधनको क्षति भएको छ भने कतिपय नागरिक अझै सम्पर्कविहीन छन्। यस्तो अवस्थामा सुरक्षित अवस्थामा रहेका नागरिकको विवरण परिवारसम्म छिटो पुर्याउनु खोजी तथा उद्धार कार्यसँगै मानवीय दायित्वसमेत बनेको छ।


















प्रतिक्रिया