काठमाडौं ।
रसुवा जिल्लामा आएको भीषण बाढीमा परी घाइते भएका ३० जनालाई काठमाडौं ल्याएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै शिक्षण अस्पताल पुर्याइएको छ ।
बुधबार साँझ ४ः३० बजेसम्मको विवरणअनुसार विभिन्न हेलिकोप्टरमार्फत उद्धार गरी विमानस्थल ल्याइएका घाइतेलाई सशस्त्र प्रहरी बलको नं. २० गणबाट खटिएको सशस्त्र प्रहरी नायब निरीक्षक नारायण गुरुङ नेतृत्वको टोलीले एम्बुलेन्समार्फत अस्पताल पठाएको हो ।
विमानस्थलबाट एम्बुलेन्समार्फत शिक्षण अस्पताल लगिएका घाइतेमध्ये सिम्रिक हेलीबाट १३ः०९ बजे ल्याइएका २ जना, अन्नपूर्ण हेलीबाट १३ः४५ बजे ल्याइएका ४ जना, कैलाश हेलीबाट १३ः४२ बजे ल्याइएका २ जना, प्रभु हेलीबाट १४ः३० बजे ल्याइएका ५ जना, फिसटेल हेलीबाट १४ः५५ बजे ल्याइएका ५ जना र सिम्रिक हेलीबाट १४ः५५ बजे ल्याइएका थप २ जना रहेका छन् ।
त्यस्तै, केही घाइतेलाई हेलिकोप्टरबाट सिधै शिक्षण अस्पताल पुर्याइएको छ । कैलाश हेलीबाट १३ः४२ बजे ५ जना, अल्टिच्युट हेलीबाट १३ः५० बजे १ जना, कैलाश हेलीबाट १४ः१० बजे २ जना तथा एभरेस्ट हेलीबाट १४ः४० बजे २ जनालाई सिधै शिक्षण अस्पताल लगिएको विवरणमा उल्लेख छ ।
उद्धार गरिएका सबै ३० जना घाइते हाल शिक्षण अस्पतालमा उपचाररत रहेका छन् । रसुवामा बाढीपछि खोज तथा उद्धार कार्यलाई तीव्र पारिएको छ ।














प्रतिक्रिया