रसुवाको टिमुरे बजारमा आकस्मिक बाढी, बस्तीमा ठूलो क्षति


रसुवा ।

रसुवा जिल्लाको टिमुरे बजारमा बुधबार बिहान करिब ९ बजे आकस्मिक बाढी आएको छ। बाढीका कारण टिमुरे बजार आसपासका बस्तीमा ठूलो क्षति पुगेको प्रारम्भिक जानकारी प्राप्त भएको छ। अचानक आएको बाढीले बजार तथा बस्ती क्षेत्रमा भौतिक संरचनामा क्षति पुर्‍याएको बताइएको छ। घटनापछि स्थानीयवासीमा त्रास फैलिएको छ भने सम्भावित थप जोखिमलाई ध्यानमा राख्दै स्थानीय तह तथा सुरक्षा निकायले अवस्थाबारे जानकारी संकलन गरिरहेका छन्।

बाढीबाट मानवीय क्षति भए/नभएको तथा घर, पसल, सडक र अन्य संरचनामा भएको क्षतिको यकिन विवरण भने आउन बाँकी छ। घटनाको विस्तृत विवरण संकलन भइरहेको सम्बन्धित निकायले जनाएको छ। थप विवरण प्राप्त भएपछि क्षतिको अवस्था र उद्धार तथा राहतसम्बन्धी जानकारी सार्वजनिक गरिनेछ।

Skip This