प्रधान सेनापतिद्वारा दुई सहायकरथीलाई दर्ज्यानी चिन्ह प्रदान


काठमाडौं ।

प्रधान सेनापति अशोकराज सिग्देलले पदोन्नति भएका दुई सहायकरथीलाई दर्ज्यानी चिन्ह प्रदान गर्नुभएको छ।

नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार यही भदौ ४ गतेबाट उपरथी दर्जामा पदोन्नति हुनुभएका सहायक रथी द्रव्यराम भण्डारी र सहायक रथी रञ्जित थापा पिएच.डी.लाई प्रधान सेनापति महारथी सिग्देलले आज जंगी अड्डामा आयोजित कार्यक्रममा दर्ज्यानी चिन्ह प्रदान गर्नुभएको हो।

सोही अवसरमा महासेनानी दर्जामा पदोन्नति हुनुभएका चार जना प्रमुख सेनानीलाई समेत दर्ज्यानी चिन्ह प्रदान गरिएको नेपाली सेनाले जनाएको छ।

कार्यक्रममा पदोन्नति हुनुभएका रथीवृन्द तथा अधिकृतहरूका साथै उनीहरूका परिवारजनको समेत उपस्थिति रहेको थियो।

नेपाली सेनामा पदोन्नतिपछि दर्ज्यानी चिन्ह प्रदान गर्ने परम्पराअनुसार आयोजित कार्यक्रममा प्रधान सेनापतिले पदोन्नति भएका अधिकृतहरूलाई नयाँ जिम्मेवारी सफलतापूर्वक निर्वाह गर्न शुभकामना दिनुभएको थियो।