बालेनको मुस्ताङ भ्रमणमाथि महेश बस्नेतको प्रश्न


काठमाडौं ।

नेकपा एमालेका सचिव महेश बस्नेतले प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’को मुस्ताङ भ्रमणलाई लिएर प्रश्न उठाएका छन्। कुनै औपचारिक जानकारीबिना प्रधानमन्त्री लोमान्थाङ पुगेको भन्दै उनले भ्रमणको उद्देश्यबारे सरकारले स्पष्ट पार्नुपर्ने बताएका हुन्।

बस्नेतका अनुसार प्रधानमन्त्री शाहले भ्रमणका क्रममा लो घ्याकर गुम्बा र दामोदर कुण्ड पुग्ने कार्यक्रम छ। केही दिनअघि अमेरिकी दूतावासका सार्वजनिक मामिला प्रमुख माइक जे. हार्करले पनि मुस्ताङका गुम्बा भ्रमण गरेको प्रसंग जोड्दै बस्नेतले प्रधानमन्त्रीको भ्रमणप्रति आशङ्का व्यक्त गरेका छन्।

सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै उनले सरकारी भ्रमण पारदर्शी र जबाफदेही हुनुपर्ने बताएका छन्। सुरक्षा संयन्त्रलाई समेत जानकारी नगराइएको भनिएको भ्रमणको उद्देश्य र कार्यक्रमबारे सरकारले जनतालाई स्पष्ट जानकारी दिनुपर्ने उनको माग छ।

विदेशी कूटनीतिज्ञको भ्रमणलगत्तै प्रधानमन्त्री सोही क्षेत्रमा पुग्नु संयोग मात्र हो भने पनि जनतामा उठेका प्रश्नको जवाफ दिनुपर्ने बस्नेतको भनाइ छ।