काठमाडौँ ।
बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापाले पद तथा गोपनीयताको शपथ लिएका छन्।
बिहीबार हेटौँडास्थित प्रदेश प्रमुखको कार्यालयमा आयोजित समारोहमा प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले मुख्यमन्त्री थापालाई शपथ गराएका हुन्। थापा बिहीबार नै मुख्यमन्त्रीमा नियुक्त भएका थिए।
प्रदेश सभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा संविधानको धारा १६८ को उपधारा (२) अनुसार थापा मुख्यमन्त्री नियुक्त भएका हुन्।
नेकपा एमालेका प्रदेश सभा सदस्य थापाले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र नेपाली कम्युनिस्ट पार्टीको समर्थनमा मुख्यमन्त्री पदका लागि दाबी पेस गरेका थिए।
थापाको नियुक्तिसँगै बागमती प्रदेशमा लामो समयदेखि देखिएको सत्ता समीकरणको अन्योल अन्त्य भएको छ। नयाँ सरकारमा सहभागी हुने अन्य मन्त्रीलाई पनि बिहीबार नै नियुक्त गरी शपथ गराउने तयारी गरिएको छ।











प्रतिक्रिया