काठमाडौँ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले प्रहरी हेडक्वार्टर विचौलियाहरूको प्रभावमा रहेको आरोप लगाएका छन्।
प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिको बिहीबारको बैठकमा सांसद सुनारले यसअघि प्रहरी अधिकारीसँग भएको सवाल–जवाफको प्रसंग उठाउँदै प्रहरीका लागि स्रोत–साधन खरिदमा आफूले उठाएका प्रश्नको जवाफ आए/नआएकोबारे जानकारी मागे।
उनले अघिल्लो बैठकमा आफूले उठाएका प्रश्न र राखेको धारणामा आफू अझै पनि दृढ रहेको बताए। आफ्नो अभिव्यक्तिबाट कसैको मानमर्दन भएको महसुस भए अदालतमा गएर मुद्दा हाल्नसमेत उनले चुनौती दिए।
यसअघि समितिको बैठकमा सांसद सुनारले प्रहरी अधिकारीसँग गरेको सवाल–जवाफ र उनको प्रस्तुतिको शैलीलाई लिएर बाहिरसमेत आलोचना भएको थियो। विषयलाई लिएर सभामुखले समेत चासो देखाउँदै समितिका सभापति, सचिव र प्रहरी महानिरीक्षकसँग छलफल गरेका थिए।
त्यसपछि रास्वपाले आफ्ना सांसदहरूलाई बैठकमा प्रस्तुत हुँदा मर्यादा कायम गर्न निर्देशनसमेत दिएको थियो।











प्रतिक्रिया