काठमाडौं ।
बागमती प्रदेशमा नयाँ सरकार बनाउन सत्ता साझेदार दलहरूबीच मन्त्रालय बाँडफाँडमा सहमति भएको छ।
नेकपा एमालेले मुख्यमन्त्रीसहित २ मन्त्रालय, नेपाली कम्युनिस्ट पार्टीले २ मन्त्रालय र राप्रपाले ३ मन्त्रालय पाउने गरी दलहरुबीच बाँडफाँट भएको हो । आन्तरिक विवादकाबीच सरकारलाई समर्थन गरेको राप्रपाबाट राजेन्द्र प्रजापति, राजु विष्ट र गिरबहादुर तामाङलाई मन्त्री बनाउने तयारी छ । उनीहरुले पाउने मन्त्रालय भने टुंगिन बाँकी छ ।
मन्त्री बन्ने तयारीमा रहेका नेताहरुका अनुसार बिहीबार अपराह्न ४ बजे शपथ ग्रहणको तयारी गरिएको छ । राप्रपा संसदीय दलका नेता उद्धव थापाले बागमतीमा एमालेबाट मुख्यमन्त्री बन्न लागेका किरण थापा मगरलाई समर्थन रहेको पत्र पठाएपछि पार्टीभित्र विवाद भएको थियो ।











प्रतिक्रिया