एमाले सरकारमा हुँदा गरिबी ३ प्रतिशत घट्यो : ओली


काठमाडौं ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा अहिले चरम गरिबी नरहेको दाबी गरेका छन्। शनिबार इलाममा आयोजित कार्यक्रममा बोल्दै ओलीले एमालेले १० वर्ष सरकार चलाउँदा चरम गरिबी अन्त्य गरेको बताएका हुन्।

उनले आफू प्रधानमन्त्री हुँदा रोजगारी सिर्जना र अन्य कार्यक्रममार्फत गरिबी कम्तीमा ३ प्रतिशतले घटेको दाबी गरे। नेपालमा गरिबी रहे पनि छिमेकी मुलुकमा जस्तो चरम गरिबी नरहेको उनको भनाइ थियो।

ओलीले एमाले नेतृत्वको सरकारले राजमार्ग, सडक, रिभर करिडोर, विमानस्थल, शिक्षा लगायतका क्षेत्रमा उल्लेख्य विकास गरेको दाबी गर्दै एमालेले केही गरेन भन्ने प्रचारमा सत्यता नभएको बताए। उनले पार्टी र सरकारका कामको पर्याप्त प्रचार जनतामाझ पुर्‍याउन नसकिएको पनि स्वीकार गरे।