काठमाडौं ।
नवलपरासी पूर्व, रोल्पा र मोरङमा तीन जना व्यक्ति मृत अवस्थामा फेला परेका छन्।
प्रहरीका अनुसार नवलपरासी पूर्वको बुलिङटार गाउँपालिका–६ धासीस्थित कालीगण्डकी नदीमा नाम, थर र वतन नखुलेका एक पुरुष शुक्रबार मृत फेला परेका हुन्।
त्यस्तै, रोल्पा नगरपालिका–८ जमकोटस्थित वडा कार्यालय नजिकै सोही ठाउँका २६ वर्षीय सन्तोष परियार मृत अवस्थामा फेला परेका छन्।
मोरङको उर्लाबारी नगरपालिका–८ सिर्जना टोलस्थित धान खेतमा झापा दमक नगरपालिका–१० का ६२ वर्षीय पञ्जाव सिंह लिम्बु शनिबार मृत फेला परेका प्रहरीले जनाएको छ।
तीनै घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।











प्रतिक्रिया