शेखर सभापतिमा अघि बढे आफूले सहयोग गर्ने : डा. शशांक कोइराला


काठमाडौं ।

नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले आफू पार्टी विभाजन वा नयाँ दल खोल्ने पक्षमा नरहेको बताएका छन्।

शनिबार काठमाडौंमा आयोजित संस्थापन इतर पक्षको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै कोइरालाले पार्टीलाई समयसापेक्ष रूपमा परिमार्जन गर्दै लैजानुपर्नेमा जोड दिए। उनले पार्टीभित्र उत्पन्न हुनसक्ने विवाद संवादमार्फत समाधान गर्न सकिने बताए।

आगामी १५औँ महाधिवेशनबारे बोल्दै उनले नेता डा. शेखर कोइरालासँग आफ्नो राम्रो समझदारी रहेको उल्लेख गरे। शेखर सभापतिमा अघि बढे आफूले सहयोग गर्ने उनको भनाइ छ।

कोइरालाले सभापति पदमा आफू पनि इच्छुक रहेको तर साथीहरूसँग परामर्श गरेर मात्र निर्णय लिने बताए। नयाँ र संगठित कांग्रेसका लागि विकासलाई मुख्य केन्द्रमा राख्नुपर्ने तथा जनतालाई आकर्षित गर्न ठोस नीति आवश्यक रहेको उनले बताए।