कांग्रेस विभाजनको पक्षमा छैनौँ : डा. शशाङ्क कोइराला


काठमाडौँ ।

नेपाली कांग्रेसका नेता डा. शशाङ्क कोइरालाले आफू पार्टी विभाजनको पक्षमा नरहेको स्पष्ट पारेका छन्। शनिबार संस्थापनइतर पक्षको राष्ट्रिय भेलाका क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै उनले भेला नयाँ पार्टी गठनका लागि नभएको बताए।

पार्टी र विचारलाई समयअनुसार परिमार्जन गर्न यस्ता भेला आवश्यक रहेको उनको भनाइ छ। अदालतको निर्णय प्रतिकूल आए पनि सबै पक्षसँग छलफल गरेर आगामी नीति तय गरिने उनले बताए। साथै, कांग्रेसको आगामी महाधिवेशन शेरबहादुर देउवाकै नेतृत्वमा हुने दाबी गरे।

नेता कोइरालाले वर्तमान सरकारले बहुमत पाए पनि उल्लेखनीय काम गर्न नसकेको टिप्पणी गर्दै सरकारलाई ‘कामचलाउ’को संज्ञा दिए। सरकार पाँच वर्ष टिक्ने वा बीचमै मध्यावधि निर्वाचनमा जाने सम्भावना दुवै रहेको उनले बताए।