काठमाडौं ।
नेपाली कांग्रेसको संस्थापन इतर समूहको राष्ट्रिय भेला सुरु भएको छ। राष्ट्रिय भेला आयोजक समितिका संयोजक डा. शशाङ्क कोइरालाको अध्यक्षतामा भेला सुरु भएको हो।
भेलाको उद्घाटन कांग्रेसका निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पानसमा बत्ती बालेर गरेका छन्।
विशेष महाधिवेशनबाट आएको गगन थापा नेतृत्वको कार्यसमितिलाई चुनौती दिँदै देउवा र डा. शेखर कोइराला समूहले आयोजना गरेको यस भेलालाई कांग्रेसभित्रको शक्ति प्रदर्शनका रूपमा हेरिएको छ।

काठमाडौंको सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा भइरहेको भेलामा संस्थापन इतर समूहका नेता तथा कार्यकर्ताको सहभागिता रहेको छ।











प्रतिक्रिया