मनसुन सक्रिय, पहाडी क्षेत्रमा वर्षाको सम्भावना


काठमाडौं ।

देशभर मनसुनी वायुको प्रभाव कायमै रहँदा आज कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा सामान्यदेखि आंशिक बदली रहने भएको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार कोशी, बागमती, गण्डकी र लुम्बिनीका हिमाली तथा पहाडी भूभागका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ। कर्णाली र सुदूरपश्चिमका हिमाली तथा पहाडी क्षेत्रमा पनि केही स्थानमा मध्यम वर्षा तथा हिमपात हुन सक्ने विभागले जनाएको छ।

यस्तै, मधेससहित कोशी, बागमती, गण्डकी र लुम्बिनीका तराई क्षेत्रमा थोरै स्थानमा तथा सुदूरपश्चिमको तराईमा एक–दुई स्थानमा मध्यमसम्म वर्षा हुन सक्ने पूर्वानुमान छ।