काठमाडौँ ।
देशभर मनसुनी वायुको प्रभाव कायमै रहेको छ। मनसुनको न्यून चापीय रेखा पश्चिम नेपालमा सरदरभन्दा केही उत्तर तथा पूर्वी क्षेत्रमा सरदर स्थान आसपास रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
हाल लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा अधिकांश बदली रहेको छ भने कोशी, बागमती र गण्डकीमा साधारणतया बदली तथा मधेसमा आंशिक बदली रहेको छ। विभिन्न प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमसहित कोशी र बागमतीका पहाडी तथा हिमाली क्षेत्रमा वर्षाको सम्भावना छ। कर्णालीका पहाडी क्षेत्र तथा लुम्बिनी र सुदूरपश्चिमका पहाडी र तराई भूभागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने पूर्वानुमान छ।
यस्तै, देशका विभिन्न हिमाली तथा पहाडी क्षेत्रमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। राति पनि हिमाली र पहाडी क्षेत्रमा बदली रही थोरै स्थानमा तथा तराईका एक–दुई स्थानमा मध्यम वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।











प्रतिक्रिया