काठमाडौं ।
परराष्ट्रमन्त्री शिशिर खनालले चीन र दक्षिण एसियाबीच आर्थिक, व्यापारिक तथा जनस्तरीय सहकार्य विस्तार गर्न नेपालले गतिशील पुलको भूमिका निर्वाह गर्न सक्ने बताउनुभएको छ।
ललितपुरमा शुक्रबार आयोजित अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उहाँले नेपालको परराष्ट्र नीतिको केन्द्रमा आर्थिक कूटनीति रहेको उल्लेख गर्नुभयो। व्यापार, लगानी, पूर्वाधार, पर्यटन, स्वच्छ ऊर्जा, डिजिटल रूपान्तरण तथा नवप्रवर्तनमार्फत नागरिकको जीवनस्तर सुधार गर्नु सरकारको मुख्य उद्देश्य रहेको उहाँको भनाइ थियो।
उहाँले नेपाललाई चीन र दक्षिण एसियालाई जोड्ने जीवन्त आर्थिक केन्द्रका रूपमा विकास गर्ने लक्ष्य रहेको उल्लेख गर्दै क्षेत्रीय सहकार्य, लगानी र कनेक्टिभिटी विस्तारमा जोड दिनुभयो।











प्रतिक्रिया