एनएनसीएको दोस्रो महाधिवेशन तयारीबारे छलफल बैठक साउन २२ गते


काठमाडौँ। 

नेपाल न्यूट्रास्युटिकल्स एण्ड कस्मेस्युटिकल्स एसोसिएसन (NNCA) ले आफ्नो दोस्रो महाधिवेशनको तयारी सम्बन्धी छलफल बैठक आयोजना गर्ने भएको छ।

एसोसिएसनका अध्यक्ष बिप्लव रञ्जितद्वारा जारी निमन्त्रणापत्रअनुसार दोस्रो महाधिवेशनको आवश्यक तयारी, समसामयिक विषय तथा कार्यक्रम व्यवस्थापनका बारेमा विस्तृत छलफल गरिनेछ।

नेपालको न्यूट्रास्युटिकल्स तथा कस्मेस्युटिकल्स क्षेत्रको विकास र महाधिवेशनको सफल आयोजनामा सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण हुने विश्वास एसोसिएसनले व्यक्त गरेको छ।

उक्त छलफल बैठक २०८३ साल साउन २२ गते बिहान ९:३० बजे ललितपुरको झम्सीखेलस्थित मार्सी थकाली रेस्टुरेन्टमा आयोजना हुनेछ।