काठमाडौं।
सर्वोच्च अदालतले नेपाली कांग्रेसको विशेष महाधिवेशनसम्बन्धी विवादमा पुनः सुरुदेखि सुनुवाइ गर्ने भएको छ।
कांग्रेसका असन्तुष्ट पक्षले अघिल्लो फैसला पुनरावलोकन गर्न माग गर्दै दायर गरेको निवेदनमा प्रधानन्यायाधीश डा. मनोज शर्मा तथा न्यायाधीश नित्यानन्द पाण्डेय र श्रीकान्त पौडेलको इजलासले पुनरावलोकनका लागि निस्सा प्रदान गरेपछि उक्त विवाद फेरि सुनुवाइको प्रक्रियामा प्रवेश गरेको हो।
अब प्रधानन्यायाधीश र निस्सा दिने न्यायाधीशबाहेक अन्य तीन न्यायाधीशको पूर्ण इजलासले मुद्दाको सुनुवाइ गर्नेछ। उक्त इजलासले यसअघिको फैसला सदर गर्न वा उल्ट्याउन सक्नेछ। फैसला उल्टिएमा असन्तुष्ट पक्षको दाबी स्थापित हुनेछ भने पुरानै फैसला कायम रहेमा विशेष महाधिवेशनबाट निर्वाचित नेतृत्वले निरन्तर वैधानिकता पाउनेछ।
यसअघि गत वैशाख ४ गते न्यायाधीश शारंगा सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासले विशेष महाधिवेशनबाट चयन भएको सभापति गगन थापाको नेतृत्वमा गठित कार्यसमितिलाई वैधानिक मान्यता दिएको थियो।
उक्त आदेशको पुनरावलोकन माग गर्दै कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा र पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले छुट्टाछुट्टै निवेदन दर्ता गराएका थिए।











प्रतिक्रिया