काठमाडौं।
सरकारले काठमाडौं महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याललाई खटाएको छ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पोखरा महानगरपालिकामा कार्यरत अर्याललाई काजमा काठमाडौं महानगरपालिकामा पठाउने निर्णय गरेको हो।
काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोजप्रसाद गुरागाईं अनिवार्य अवकाशमा गएपछि रिक्त रहेको पदमा अर्याललाई जिम्मेवारी दिइएको हो।
यसैबीच, मन्त्रिपरिषद्ले सहसचिव महेशचन्द्र न्यौपानेलाई गृह मन्त्रालयमा सरुवा गर्ने निर्णय पनि गरेको छ। उनी यसअघि पूर्वाधार विकास मन्त्रालयमा कार्यरत थिए।
त्यस्तै, सहसचिव रमेशकुमार केसीलाई कर्णाली प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा काजमा खटाइएको छ। केसी यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत थिए।











प्रतिक्रिया