देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा आज दिनभर सामान्यदेखि पूर्ण बदली रहने


काठमाडौँ ।

देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा आज दिनभर सामान्यदेखि पूर्ण बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। पहाडी तथा हिमाली भूभागका धेरै स्थान र तराईका केही स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ।

कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही स्थानमा भारीदेखि धेरै भारी वर्षा हुन सक्ने भएकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।