आज देशका विभिन्न क्षेत्रमा वर्षा, चट्याङको र सम्भावना


काठमाडौं ।

जल तथा मौसम पूर्वानुमान महाशाखाले आज कोशी, मधेस, बागमती तथा गण्डकी प्रदेशका विभिन्न क्षेत्रमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ।

उच्च हिमाली क्षेत्रमा हिमपात हुन सक्ने पूर्वानुमान पनि गरिएको छ। यता लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा तातो हावा चल्ने तथा तापक्रम बढ्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले सर्वसाधारणलाई आग्रह गरेको छ।