महाधिवेशन लम्बिँदा रास्वपा प्रतिनिधि फर्किन थाले


काठमाडौं ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशन दुई दिन थपिएपछि प्रतिनिधिहरू घर फर्किन थालेका छन्। केन्द्रीय सदस्य पदका लागि मतदान गरेपछि धेरै प्रतिनिधिले दोस्रो चरणको निर्वाचन नपर्खी चितवन छोड्न थालेका हुन्।

पार्टीको विधानअनुसार सभापति र केन्द्रीय सदस्यको निर्वाचनपछि मात्र पदाधिकारी चयनका लागि मतदान हुने व्यवस्था छ। यद्यपि महाधिवेशन लम्बिँदा प्रतिनिधिहरूको उपस्थितिमा कमी आउन थालेको बताइएको छ। निर्वाचन आयोगले पदाधिकारी निर्वाचनको तालिका भने हालसम्म सार्वजनिक गरेको छैन।