इरान–इजरायल तनाव कायमै, तेल बजारमा असर


काठमाडौं ।

इरान र इजरायलबीच प्रत्यक्ष सैन्य कारबाही रोकिए पनि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेको छ। दुवै देशले युद्धविराम घोषणा गरे पनि आवश्यक परे पुनः जवाफी आक्रमण गर्न सकिने चेतावनी दिएका छन्।

यसले लगानीकर्तामा अन्योल कायम राखेको छ। पश्चिम एशियाको सुरक्षा अवस्था संवेदनशील रहेकाले आगामी दिनमा पनि तेल बजारमा उतारचढाव रहने अनुमान गरिएको छ।