घरायसी विवादमा श्रीमतीको हत्या, श्रीमान पक्राउ


काठमाडौँ ।

काठमाडौँको तारकेश्वर नगरपालिका–६ लोलाङ पैँयुटारमा घरायसी विवादका क्रममा एक महिलाको हत्या भएको छ। प्रहरीले ४२ वर्षीय कुमार थापाले आफ्नी श्रीमती ४२ वर्षीया ईश्वरी भुजेलमाथि फलामको रड प्रहार गरेको जनाएको छ।

शुक्रबार राति करिब १०:१० बजे गम्भीर घाइते भएकी भुजेलको उपचारका क्रममा महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा मृत्यु भएको थियो। घटनामा संलग्न थापालाई प्रहरीले पक्राउ गरी प्रहरी वृत्त बालाजुमा राखेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।