योग्यताको माग, पहुँचको अस्वीकार; युवाको दबाबलाई संस्थागत नगरे अर्को आन्दोलन अपरिहार्य हुन सक्ने चेतावनी
काठमाडौं ।
नेपालको राजनीतिमा नयाँ शक्ति केन्द्रको रूपमा उदाइरहेको ‘जेन–जी’ पुस्ताले व्यवस्था परिवर्तनको अध्याय सकिएको भन्दै अब सुशासन, पारदर्शिता र विकासको परिणाम देखिनुपर्नेमा जोड दिएको छ । उनीहरूले अहिलेको पुस्ताले राजनीतिक संरक्षण होइन, निष्पक्ष अवसरखोजिरहेकोतर्फ सरकारको ध्यानाकर्षण गराएका छन् ।

काठमाडौंमा बुधबार आयोजित ‘विन्ड्स अफ चेन्ज स् युथ–लेड पोलिटिकल ट्रान्सफर्मेसन एन्ड इन्साइट्स फ्रम चाइनाज डेभलपमेन्टएक्सपिरियन्स’ विषयक अन्तरक्रियामा युवा पुस्ताको चाहना, नयाँ सरकारप्रतिको आशा र अपेक्षाका साथै खबरदारी पनि प्रष्टै देखिएको थियो । कार्यक्रममा जेन(जी प्रतिनिधि नेहा दाहाल र वर्षा कटुवालले भने( “हामीलाई पहुँचको आधारमा होइन, योग्यताको आधारमा अवसर चाहिएकोहो ।”

ती दुईको मात्रै होइनन् , कार्यक्रमममा उपस्थित अन्य युवाहरूको पनि साझा भनाइ थियो, उनीहरूले विदेशमा सिकेको ज्ञान र सीपलाई नेपालमैप्रयोग गर्न सक्ने वातावरण निर्माणमा सरकारले ध्यान दिनुपर्छ । योग्यताको आधारमा अवसर दिनुपर्छ । सरकारको कामकार्वाही पारदर्शी हुनुपर्छ । भ्रष्टाचार नियन्त्रण गर्नुपर्छ । उनीहरूले वर्तमान सरकार पनि विगतका सरकारकै बाटोमा हिँडे पुनः सडक संघर्षमा उत्रन बाध्य हुनेचेतावनी पनि दिए। कार्यक्रममा विज्ञ, अनुसन्धानकर्ता र युवा प्रतिनिधिहरूले राज्यका पुराना कार्यशैलीमाथि प्रश्न उठाउँदै राजनीतिक दल रसरकारलाई परिणाममुखी शासनको दबाब दिएका थिए ।

आर्थिक विकास तथा प्रशासन अनुसन्धान केन्द्रका कार्यकारी निर्देशक प्राडा अर्जुनकुमार बरालले जेन(जी आन्दोलनलाई सामान्य युवाकोअसन्तुष्टि नभई शासन प्रणाली सुधारको दबाबका रूपमा व्याख्या गर्नुभयो। “यो आन्दोलन व्यवस्था परिवर्तनका लागि होइन, अवस्थापरिवर्तनका लागि भएको हो,” उहाँले भन्नुभयो, “यदि यसले उठाएका मुद्दालाई संविधान, कानुन र राज्य संयन्त्रमा संस्थागत गर्न सकिएन भने फेरिअर्को आन्दोलन आउन सक्छ।

नेपालसँग अब अर्को ठूलो राजनीतिक वा आर्थिक क्षति बेहोर्ने क्षमता छैन।” प्राडा बरालका अनुसार आन्दोलनकोऊर्जा सडकबाट नीतिगत सुधारमा रूपान्तरण गर्न नसकिए देश फेरि अस्थिरताको चक्रमा फस्न सक्छ।त्यसैगरी अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीति विषयकी उपप्राध्यापक अपेक्षा शाहले अहिलेको सरकार विगतका सरकारजस्तो सार्वजनिकनिगरानीबाट उम्किन नसक्ने बताउनुभयो। “आजको पुस्ता दर्शक होइन, निगरानीकर्ता हो,” उहाँले भन्नुभयो, “सरकारले नयाँ सपना बेच्नुभन्दापुराना प्रतिबद्धता पूरा गरेर विश्वास जित्नुपर्छ।”उहाँका अनुसार सामाजिक सञ्जाल र डिजिटल पहुँचका कारण राजनीतिक जवाफदेहितापहिलेभन्दा धेरै बढेको छ।

कार्यक्रममा डा। जगदीशकुमार क्षेत्रीले नेपालबाट भइरहेको दक्ष जनशक्ति पलायनलाई मुलुकको सबैभन्दा ठूलो चुनौतीका रूपमा चित्रणगर्नुभयो। उहाँले सरकारले आर्थिक सुरक्षाको भरपर्दो वातावरण सिर्जना गर्न सके विदेशमा रहेका दक्ष नेपालीहरू स्वदेश फर्किन तयार रहेको जिकीर गर्दै भन्नुभयो(“समस्या युवाको क्षमतामा होइन, अवसरको अभावमा छ । राज्यले विश्वास दिलाउन सक्यो भने विदेशमा रहेका हजारौँ दक्ष नेपालीफर्केर देश निर्माणमा लाग्न सक्छन्।”कार्यक्रम आयोजक नेपाल–चीन मैत्री मञ्चका अध्यक्ष डा। कल्याणराज शर्मा ले नेपाल अहिले महत्वपूर्ण संक्रमणकालीन मोडमा रहेको उल्लेख गर्दै युवाहरूको बढ्दो राजनीतिक चेतना र सहभागितालाई सकारात्मक रूपमा उपयोग गर्न सके नेपालले विकासमा फड्को मार्न सक्ने धारणाराख्नुभयो। युवाहरूको ऊर्जा आन्दोलनमा मात्र सीमित नपारी त्यसलाई राष्ट्र निर्माण, सुशासन र आर्थिक विकासतर्फ रूपान्तरण गर्नुपर्नेमा जोड दिदै उहाँले भन्नुभयो( “विश्वका धेरै देशहरूले विकासको आधार युवा शक्ति, सुशासन र दीर्घकालीन नीतिगत स्थायित्वलाई बनाएका छन्।नेपालले पनि त्यही बाटो रोज्नुपर्छ।” शर्माले चीनको विकास अनुभवबाट सिक्नुपर्ने मुख्य पाठ राजनीतिक स्थिरता, नीतिगत निरन्तरता, परिणाममुखी प्रशासन र जनतामा विकासको अनुभूति दिन सक्ने कार्यसम्पादन रहेको उल्लेख गर्नुभयो।

राजनीतिक विश्लेषकहरूका अनुसार जेन(जी आन्दोलनको विशेषता के हो भने यो कुनै दलको झण्डामुनि उभिएको आन्दोलन होइनस यसले सत्तापरिवर्तनभन्दा शासन सुधारलाई प्राथमिकता दिएको छ। त्यसैले यसले परम्परागत दलहरूलाई नयाँ चुनौती दिएको छ। अहिलेको पुस्तालेभाषणभन्दा परिणाम, नाराभन्दा कार्यसम्पादन र पहुँचभन्दा योग्यता खोजिरहेको छ। नेपालको राजनीतिमा विगत सात दशक आन्दोलन रपरिवर्तनका अध्यायले भरिएको छ। तर जेनजी पुस्ताले उठाएको प्रश्न फरक छ । त्यो हो, “व्यवस्था बदलियो, संविधान बदलियो, सरकारबदलियोस तर नागरिकको जीवन किन बदलिन सकेन ?”
यही प्रश्नको विश्वसनीय उत्तर दिन सके वर्तमान राजनीतिक नेतृत्व सफल हुनेछ। अन्यथा अहिले सभाहलमा सुनिएको असन्तुष्टिको आवाजभोलि फेरि सडकमा गुञ्जिन सक्ने संकेत जेन(जी पुस्ताले दिइसकेको छ।











प्रतिक्रिया