बागमती नदीमा डुबेर बेपत्ता भएका युवकको सनाखत

1.32k
Shares

रौतहट ।

बागमती नदीमा नुहाउने क्रममा शनिबार बेपत्ता भएका दुई युवकको सनाखत भएको छ। प्रहरीका अनुसार बेपत्ता हुनेमा सर्लाहीको लालबन्दी नगरपालिका–९ निवासी गणेश महतो र वडा नम्बर ५ निवासी रोशन महतो रहेका छन्। पाँच जनाको समूहसँग नदीमा गएका उनीहरू नुहाउने क्रममा डुबेर बेपत्ता भएका हुन्।

स्थानीयका अनुसार उक्त समूह महेन्द्र राजमार्गदेखि करिब तीन किलोमिटर उत्तरतर्फ मकवानपुर र सिन्धुली जिल्लाको सीमाक्षेत्रमा पर्ने बागमती नदीमा पुगेको थियो। घटनापछि स्थानीयवासी तथा सुरक्षाकर्मीको सहयोगमा खोजी कार्य सुरु गरिएको छ। इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरकी प्रहरी नायब उपरीक्षक रूपा लावुङका अनुसार रौतहट र सर्लाहीबाट खटिएका संयुक्त प्रहरी टोली बेपत्ता युवकहरूको खोजीमा जुटेका छन्।