रास्वपा बाराको बैठकमा विवाद, सांसदमाथि कार्यकर्ताको आक्रमण


काठमाडाैं । 

बारामा आयोजित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को विस्तारित बैठकमा विवाद चर्किँदा आफ्नै पार्टीका कार्यकर्ताले सांसदमाथि आक्रमण गरेका छन्। विवादपछि बारा–१ का सांसद गणेश धिमाल, बारा–२ का चन्दन सिंह, बारा–३ का अरविन्द साह र बारा–४ का रहबर अन्सारी बैठक स्थलबाट बाहिरिएका थिए।

बैठकमा संस्थापक जिल्ला अध्यक्ष चन्दन स्वर्णकार पक्षका जिल्ला पदाधिकारी तथा स्थानीय तहका सभापतिहरुलाई संगठनबाट बाहिर राख्न खोजिएको आरोप लगाइएको छ। साथै, स्थानीय तह र वडामा संगठन विस्तार गरेका कार्यकर्तालाई आगामी स्थानीय तह निर्वाचनमा टिकट नदिई पहिले नै टिकट बिक्री गरिएको आरोप उठेपछि बैठकमा विवाद सुरु भएको बताइएको छ।