विपक्षी अवरोधबीच प्रतिनिधिसभा बैठक सञ्चालन


काठमाडौं ।

विपक्षी दलहरूको अवरोधकाबीच प्रतिनिधिसभा बैठक सञ्चालन भएको छ । बैठक सुरु हुनासाथ विपक्षी सांसदहरूले उठेर विरोध जनाएका थिए । त्यसपछि सभामुख डोलप्रसाद अर्याल ले अवरोध हटाएर बैठक सञ्चालनमा सहयोग गर्न आग्रह गरेका थिए ।

सभामुखले आकस्मिक समय निर्धारण भइसकेको जानकारी गराउँदै अवरोध नगर्न आग्रह गरेपछि बैठक अघि बढाइएको हो ।