वन्तलाई लण्डनको सर्टिफिकेट अफ एक्सिलेन्स


अन्तर्राष्ट्रिय संस्था वर्ड बुक अफ रेकर्ड लण्डनले फोटोपत्रकार तथा राष्ट्रिय समाचार समितिका फोटो पत्रकार प्रदीपराज वन्तलाई सर्टिफिकेट अफ एक्सिलेन्सबाट सम्मानित गरेको छ।

राजधानीमा आयोजित २०औ अन्तर्राष्ट्रिय समिट तथा अवार्ड समारोहमा नेपालको सामाजिक, राजनीतिक, सांस्कृतिक तथा पर्यटन क्षेत्रको प्रवद्र्धनमा उल्लेखनीय योगदान पु¥याएवापत उनलाई उक्त सम्मान प्रदान गरिएको हो।

कार्यक्रममा विभिन्न देशका विविध क्षेत्रका सफल र ख्यातिप्राप्त व्यक्तित्वलाई सम्मान गरिएको थियो। कार्यक्रममा ख्यातिप्रँप्त हास्यव्यंग्कार मदनकृष्ण श्रेष्ठ, अभिनेत्री वसुन्धरा भुसाल, नृत्य निर्देशक वसन्त श्रेष्ठ, फिल्म निर्देशक तुलसी घिमिरे, फेशन कोरियोग्राफर रोजिन शाक्य, अभिनेत्री मनीषा कोइराला, फिल्म निर्माता विष्णु गोपाल श्रेष्ठलगायतलाई सम्मान गरिएको थियो।

दुई दशकभन्दा बढी समयदेखि फोटो पत्रकारितामा सक्रिय वन्त राष्ट्रिय फोटोपत्रकार समूह नेपालको केन्द्रीय अध्यक्ष पनि हुन्। पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारको सचिवालयमा समेत फोटोपत्रकारको रूपमा कार्य गरिसकेका उनले निर्वाचन आयोग नेपालमा आधिकारिक फोटोग्राफरका रूपमा पनि दुई पटकसम्म सेवा दिइसकेको छन्।

Skip This