काठमाडौं ।
काठमाडौंमा सुकुमवासी व्यवस्थापनको नाममा बस्तीहरू हटाउने क्रममा सरकारले पहिचान प्रक्रिया नटुंग्याउँदै डोजर चलाउन थालेपछि स्थानीयमा त्रास फैलिएको छ। नदी किनारका बासिन्दाहरूले आफ्नो स्वामित्व पुष्टि गर्न घरको भित्तामै जग्गाधनी प्रमाणपत्र टाँसेर विरोध जनाइरहेका छन्।

धोबीखोला क्षेत्रमा आज पनि बस्ती हटाउने काम जारी रहेपछि त्यहाँका बासिन्दा थप चिन्तित बनेका छन्। सुकुमवासीको यकिन पहिचान नगरी जथाभावी घर भत्काइएको भन्दै सरकारको कदमप्रति व्यापक आलोचना भइरहेको छ।











प्रतिक्रिया