काठमाडौं ।
अखिल नेपाल सुकुम्बासी सङ्घले भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको अधिकार सुनिश्चित गर्न माग गर्दै चरणबद्ध आन्दोलन कार्यक्रम घोषणा गरेको छ। सङ्घका अध्यक्ष अमर परियारले वैशाख २० गतेदेखि जेठ ७ गतेसम्म विभिन्न चरणको आन्दोलन गरी त्यसपछि आम हडताल गरिने जानकारी दिए।
सङ्घका अनुसार पहिलो चरणअन्तर्गत वैशाख २० गतेसम्म विभिन्न राजनीतिक दलका नेताहरूलाई आन्दोलनबारे जानकारी गराउने, जनप्रतिनिधिहरूलाई आफ्ना प्रतिबद्धता स्मरण गराउने तथा सम्बन्धित निकायहरूलाई दबाब दिने कार्यक्रम तय गरिएको छ।
त्यस्तै, वैशाख २० देखि ३० गतेसम्म जिल्लादेखि स्थानीय तहसम्म संघर्ष समिति गठन, भेला तथा बैठक आयोजना, र विभिन्न सरकारी कार्यालयमा ज्ञापनपत्र बुझाउने कार्यक्रम राखिएको छ।
वैशाख ३१ गते मेची–महाकाली राजमार्ग चक्काजाम गर्ने तथा पत्रकार सम्मेलन गर्ने कार्यक्रम पनि सार्वजनिक गरिएको छ। त्यसपछि जेठ १ देखि ७ गतेसम्म हस्ताक्षर संकलन अभियान सञ्चालन गरिने र जेठ ७ गतेबाट देशव्यापी आम हड्तालमा जाने सङ्घले जनाएको छ।
सङ्घले जबरजस्ती उठिवास रोक्न, भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा उपलब्ध गराउन माग राखेको छ। यस्तै प्रधानमन्त्री बालेन शाहलाई हटाउनुपर्ने मागसमेत राखिएको छ।












प्रतिक्रिया