काठमाडौं ।
एमसिए–नेपालले पूर्व–पश्चिम राजमार्गको ४० किमि लामो धानखोला – लमही सडक खण्ड स्तरोन्नति कार्य शुभारम्भ गरेको छ । यस सडक स्तरोन्नति तथा मर्मत कार्यका लागि नेपालमै पहिलो पटक फूल डेप्थ रिक्लेमेशन र सुपरपेभ आस्फाल्ट प्रयोग गरिँदैछ ।
बलियो एवं टिकाउ सडक निर्माण गरेर, पहिल्यै भएका आस्फाल्ट पदार्थ पुनःप्रयोग गरेर तथा वातावरणीय प्रभाव न्यूनीकरण गरेर यस पद्धतिले सडक मर्मतमा गरिएको लगानीलाई दीर्घकालका लागि थप भरपर्दाे तथा लागत प्रभावकारी बनाउन सहयोग गर्नेछ । यस आयोजनाले सडकको दुवैतर्फ सात मिटर चौडा क्यारिजवे र साढे दुई मिटर चौडा सोल्जर निर्माण गरेर यस सडकलाई १२ मिटर चौडा पनि बनाउनेछ ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सडक खण्ड स्तरोन्नति कार्य शुरू कार्यक्रमलाई सम्बोधन गर्दै सडकको राम्रो गुणस्तर र टिकाउपना सुनिश्चित गर्ने एफडीआर तथा सुपरपेभ जस्ता अत्याधुनिक प्रविधि प्रयोगको सराहना गर्नुभयो । उल्लेख गर्नुभयो ।
यसैगरी नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत स्कट अर्बमले धानखोला – लमही सडक खण्ड स्तरोन्नति कार्यको शुभारम्भ संयुक्त राज्य अमेरिका तथा नेपालबीचको साझेदारीका सन्दर्भमा एउटा महत्वपूर्ण कोशेढुङ्गा रहेको एमसीसी नेपाल कम्प्याक्टमार्फत हामी ढुवानी लागत घटाउने, सुरक्षा वृद्धि गर्ने तथा समुदायहरूलाई बजार र अवसरहरूसँग जोड्ने उच्च गुणस्तरका दिगो पूर्वाधारमा लगानी भएको बताए ।
एमसिए–नेपालका कार्यकारी निर्देशक खड्ग बहादुर विष्टले धानखोला – लमही सडक खण्ड स्तरोन्नति कार्यको थालनी एमसीसी नेपाल कम्प्याक्ट अन्तर्गतको सडक मर्मत आयोजना कार्यान्वयनका सन्दर्भमा महत्वपूर्ण कदम रहेको बताउनुभयो ।











प्रतिक्रिया