काठमाडौं।
नेवाः देय् दबूले भाषा, संस्कृति तथा समुदायका अधिकारका मुद्दामा जनतालाई प्रभावकारी रूपमा सुसूचित गराउन पत्रकार राष्ट्रिय दबूसँग सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता जनाएको छ ।
राजधानीमा आयोजित देय् दबूका नवनिर्वाचित पदाधिकारीहरूको स्वागत तथा अन्तक्र्रिया कार्यक्रममा दुवै संगठनका पदाधिकारीहरूले सञ्चारमाध्यमको भूमिकालाई महत्वपूर्ण ठहर गर्दै आपसी समन्वय र सहकार्यलाई सुदृढ गर्ने आवश्यकता औंल्याएका छन्।
नेवाः देय् दबूका अध्यक्ष रश्मिला प्रजापतिले सञ्चारमाध्यममा पहुँच स्थापित गर्न नेवाः पत्रकार राष्ट्रिय दबूसंग सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । उहाँले वर्तमान कार्यसमितिमा सञ्चार क्षेत्रबाट आएका व्यक्तिहरूको उल्लेख्य उपस्थिति रहेको जनाउँदै मिडियासँगको सहकार्यले संगठनका मुद्दाहरूलाई प्रभावकारी रूपमा अघि बढाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो।
देय् दबूका वरिष्ठ उपाध्यक्ष सत्यनारायण डंगोलले देय् दबू एउटा अधिकारमुखी संगठन भएकोले त्यसको उद्देश्य हासिल गर्न, राज्य सामु आफ्नो आवाज पु¥याउन सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण हुने धारणा राख्नुभयो।
देय् दबूका उपाध्यक्ष उमेश स्थापितले देय् दबू र पत्रकार राष्ट्रिय दबूबीच सहकार्यको खा“चो औल्याउ“दै त्यो सहकार्य गर्दै जानुपर्नेमा दुवै संगठनका पदाधिकारीहरुबीच एकमत रहेको र सहकार्यको स्वरुप कस्तो हुने भन्ने छलफल गरेर टुंग्याउनुपर्ने बताउनुभयो।
देय् दबूका महासचिव श्रीकृष्ण महर्जनले पत्रकार राष्ट्रिय दबूलाई देय् दबूको विधान अनुसार विषयगत रुपमा आबद्ध हुन सक्ने वा राष्ट्रिय परिषद् वा नीति निर्माणको कुनै संरचनामा यसका पदाधिकारीहरुलाई व्यक्तिगत रुपमा मनोनित गर्न सक्ने प्रँवधान रहेको बताउनुभयो।
पत्रकार राष्ट्रिय दबूका अध्यक्ष नृपेन्द्रलाल श्रेष्ठले देय् दबूसंग सहकार्य र समन्वयमा पत्रकार दबू सधैं सकारात्मक रहेको बताउनुभयो।सकारात्मक हु“दाहु“दै पनि विगतमा अपेक्षाकृत सहकार्य नभएको स्थितिलाई अन्त्य गर्दे अब आपसी सहकार्य र समन्वय गर्दै अघि बढ्ने वातावरण तयार हुने पनि विश्वास पनि अध्यक्ष श्रेष्ठले व्यक्त गर्नुभयो। अध्यक्ष श्रेष्ठले पत्रकार दबू स्थापनामा देय् दबूले निर्वाह गरेको भूमिकाको स्मरण गर्र्नुभयो।
सो अवसरमा पत्रकार राष्ट्रिय दबूका निर्वतमान अध्यक्ष सुरजवीर बज्राचार्यले देय् दबू भाषा, संस्कृति, पहिचानको प्रवद्र्धनका लागि स्थापित राष्ट्रिय संगठन र पत्रकार राष्ट्रिय दबू तिनै विषयलाई पत्रकारिताको मूल्य, मान्यता आत्मसात गर्दे सञ्चारमाध्यममार्फत अघि बढाउनुपर्ने प्रकारको संगठन भएकोले सहकार्यको अझ बढी रहेको धारणा राख्नुभयो।
पत्रकार राष्ट्रिय दबूका वरिष्ठ उपाध्यक्ष सुनील महर्जनले समुदायको आवाजलाई सञ्चारमाध्यममा कभरेज गर्न, गराउन, र सञ्चारमाध्यमको भूमिका प्रभावकारी बनाउन, जातीय, भाषिक र सांस्कृतिक अधिकारलाई संवेदनशील बनाउन मिडियाको भूमिका महत्व हुने कुरालाई आत्मसात गर्दैै देय् दबूले आफ्नो सञ्चार नीति बनाउनुपर्नेमा जोड दिनुभयो।
पत्रकार राष्ट्रिय दबूका महासचिव के.के मानन्धरले देय् दबूसंग सहकार्य गर्दै अघि बढ्नुपर्नेमा पत्रकार राष्ट्रिय दबू स्थापनाकालदेखि रहेको उल्लेख गर्दै विगतमा भातृसंगठन बन्नुपर्ने कुरो आउ“दा सहकार्यले अपेक्षाकृत गति नलिएको धारणा राख्नुभयो। स्वतन्त्र, तथ्यपरक र निष्पक्षता जस्ता पत्रकारिताका मूल्य र मान्यतालाई अ“गाल्दै आलोचनात्मक भूमिकामा रहनुपर्ने पत्रकार भातृसंगठन बन्न नसक्ने तर्कप्रति देय् दबूका तत्कालीन पदाधिकारीहरुले सम्मान गर्न नसकेको पनि महासचिव मानन्धरको भनाई थियो।











प्रतिक्रिया