बझाङ ।
विगत लामो समय देखि रिक्त रहेकाे बझाङ खेलकुद समितिमा बुङ्गल नगरपालिका वडा नं ४ बैसेली झापा घरभएका कमल बहादुर सिंहकाे आज एक औपचारिक कार्यक्रम बिच पदवाहली गरिकाे छ ।


कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख नर बहादुर बाेहराले सिंहकाे नाम लेखेकाे नेमप्लेट हस्तान्तरण गरि सदरमुकाम चैनपुरमा रहेकाे समितिकाे कार्यालयमा पदभार ग्रहण गरिएकाे हाे ।
नव नियुक्त अध्यक्ष सिंहकाे पदभार ग्रहणमा जयपृथ्वी नगरपालिका नगर प्रमुख चेतराज बजाल ,प्रमुख जिल्ला अधिकारी मुकेश कुमार केशरी सहित सुरक्षा निकायका प्रमुख ,जिल्ला स्थित कार्यालय प्रमुख ,पत्रकार र सराेकारवालाहरूकाे सहभागीता रहेकाे थियाे । जिल्ला खेलकुद समितिका नव नियुक्त अध्यक्ष कमल बहादुर सिंह लाई सुदूरपश्चिम प्रदेश सरकार सामाजिक बिकास मन्त्रालय र प्रदेश खेलकुद समितिले केही दिन अगाडि उहाँलाई जिल्ला अध्यक्षकाे पदमा नियुक्त गरि पठाईएकाे थियाे ।
जिल्ला समितिका लागि प्रदेश खेलकुदले मनाेनित गर्ने अध्यक्ष ,उपाध्यक्ष ,काेषाध्यक्ष र अन्य ३ पुरूष २ महिला र अपांग बाट १ जना गरि ६ जना मनाेनित गरिने ब्यावस्था रहेकाे छ । यसै गरि जिल्ला प्रशासन कार्यालय बाट अधिकृत स्तर समितिकाे सदस्यमा १ जना,नेपाली सेना,नेपाल प्रहरी,सशस्त्र प्रहरी वलका जिल्ला स्तरीय कार्यालयका प्रमुखहरू जिल्ला खेलकुद समितिकाे स्वतह सदस्य रहने संविधानिक तथा कानुनी ब्यावस्था रहेकाे छ ।
जिल्ला खेलकुद समितिमा जम्मा १५ जनाकाे कार्यसमिति रहने प्रावद्धान छ । प्रदेश सरकारले सदस्य मनाेनित गर्ने ब्यावस्था छ । जिल्ला स्थित सुरक्षा निकायका प्रतिनिधिहरू पदेन सदस्य रहने प्रावद्धान छ । पदभार ग्रहण कार्यक्रममा निवर्तमान अध्यक्ष पुष्पलाल राेकायाले बिगतका समितिहरूले खेल क्षेत्र र अफिसियल काम केही ब्यावस्थित नभएकाे भए पनि आफुले ट्रायाकमा ल्यायर ब्यावस्थित गरेकाे बताए ।
कार्यक्रममा नवनियुक्त अध्यक्ष कमल बहादुर सिंहले अघिल्लो कार्यसमितिले गरेका सकरात्मक कार्यलाई अनुसरण गर्दै बझाङकाे खेल क्षेत्र र खेलाडीहरूकाे बिकासका लागि आफु सक्रिय भएर लाग्ने प्रतिवद्धता ब्यक्त गरे । पदबाहली कार्यक्रममा समन्वय प्रमुख नरबहादुर बाेहरा,मेयर चेतराज बजाल र प्रमुख जिल्ला अधिकारीले सिंहकाे कार्यकालकाे पूर्ण सफलताको शुभकामना दिदै खेल क्षेत्रकाे बिकासका लागि आफुहरूकाे पुर्णरूपमा साथ सहयोग रहने बताउनु भएको छ ।
नवनियुक्त अध्यक्ष कमल बहादुर सिंह २०६५ साल देखि काठमाडौ क्याम्पसमा पढ्दा र अन्य बझाङका विभिन्न खेलकुदहरूमा सरिक भई छैटौं राष्ट्रिय खेलमा बझाङ बाट भलिबल टिमकाे क्याप्टेन समेत भएका थिए । बझाङकाे खेल क्षेत्रमा अध्यक्ष कमल बहादुर सिंह एउटा प्रतिभाशाली खेलाडीका रूपमा पनि चिरपरिचित ब्यक्तित्व हुन् ।











प्रतिक्रिया