प्रचण्डद्वारा वाम एकता र लोकतान्त्रिक शक्तिबीच मोर्चाबन्दीको आह्वान


काठमाडौं ।

काठमाडौंमा नेपाल कम्युनिष्ट पार्टी स्थापना दिवसका अवसरमा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सबै वामपन्थी तथा कम्युनिष्ट शक्तिबीच एकता आवश्यक रहेको बताएका छन्। उनले शान्ति सम्झौता र लोकतान्त्रिक गणतन्त्रको पक्षधर शक्तिहरूबीच मोर्चाबन्दी अपरिहार्य भएको उल्लेख गरे।

विश्व परिवेशमा साम्राज्यवाद झन् आक्रामक बन्दै गएको भन्दै प्रचण्डले जनताको अधिकार र राष्ट्रिय स्वाधीनताको रक्षा गर्न वाम एकता आवश्यक रहेको बताए। उनले विभेद र शोषण अन्त्यका लागि समाजवादको लक्ष्यमा अघि बढ्नुपर्नेमा जोड दिएका छन्।

साथै, उनले नेपाली कम्युनिष्ट आन्दोलनको पुनर्गठनको आवश्यकता औंल्याउँदै विगतका उपलब्धिको रक्षा गर्दै श्रमजीवी जनताको पक्षमा संघर्षलाई अघि बढाउन सबैलाई आह्वान गरेका छन्।