काठमाडौं ।
ललितपुरमा जारी रातो मत्स्येन्द्रनाथको रथयात्रा अन्तर्गत आज रथ गाबहालबाट मंगलबजारतर्फ तानिँदैछ। वर्षा र सहकालका देवताका रूपमा पुजिने मत्स्येन्द्रनाथको दर्शनका लागि बिहानैदेखि भक्तजनहरूको ठूलो भीड लागेको छ।
मंगलवार पुल्चोकबाट तानेर गाबहाल पुर्याइएको रथलाई आज स्थानीय जात्रा सम्पन्न भएपछि अपराह्न मंगलबजार लगिने कार्यक्रम छ। गाबहाल क्षेत्रमा बिहानैदेखि पूजा–आराधना र जात्रा मनाउने क्रम चलेको छ।
पाटनको यो प्रसिद्ध रथयात्रा नेपालकै लामो जात्रामध्ये एक मानिन्छ। धार्मिक विश्वासअनुसार उपत्यकामा वर्षा गराउन मत्स्येन्द्रनाथको पूजा गरिन्छ। मंगलबजार पुर्याएपछि रथ केही दिन त्यहीँ राखिने परम्परा रहेको छ।











प्रतिक्रिया