काठमाडौं ।
नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले विद्यार्थी संघसंगठन र स्ववियु खारेज गर्ने सरकारी निर्णयलाई अधिनायकवादी कदम भएको बताएका छन्। आज जारी विज्ञप्तिमा उनले लोकतन्त्रको अभ्यासबाट उदाएका नेतृत्वकै सरकारले लोकतन्त्रको आधार मानिने विद्यार्थी संगठनमाथि प्रहार गर्नु विरोधाभाषपूर्ण भएको उल्लेख गरेका छन्।
खड्काले सुधारको नाममा इतिहासको अपमान र लोकतान्त्रिक संरचनामाथि आघात पुर्याउने काम रोक्न आग्रह गरेका छन्। साथै, विद्यार्थी शक्ति पुनः सडकमा उत्रन बाध्य भए त्यसको जिम्मेवारी सरकारले लिनुपर्ने चेतावनी दिएका छन्।
सरकारले शासकीय सुधारअन्तर्गत विद्यालय तथा विश्वविद्यालयमा दलनिकट विद्यार्थी संगठन नराख्ने र स्ववियुको सट्टा विद्यार्थी काउन्सिल गठन गर्ने तयारी गरिरहेको छ।











प्रतिक्रिया