काठमाडौं ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज नेकपा एमालेको ७७औँ स्थापना दिवसको अवसरमा पार्टी नेता–कार्यकर्तालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ। पार्टी केन्द्रीय कार्यालय सचिव डा. भीष्म अधिकारीका अनुसार च्यासलस्थित केन्द्रीय कार्यालयमा दिउँसो २ बजे आयोजना हुने कार्यक्रममा ओलीले सम्बोधन गर्नेछन्।
उनको सम्बोधनमा समसामयिक राजनीतिक अवस्था र एमालेको आगामी कार्यदिशाबारे धारणा राखिने बताइएको छ। स्वास्थ्य उपचारपछि हाल आराम गरिरहेका ओलीले स्थापना दिवसकै दिन सार्वजनिक रूपमा पार्टीलाई सम्बोधन गर्न लागेका हुन्।
कार्यक्रममा काठमाडौँ उपत्यकामा रहेका पार्टीका केन्द्रीय सदस्य, जनसंगठनका पदाधिकारी तथा शुभेच्छकलाई सहभागी हुन आग्रह गरिएको छ। नेपालमा पुष्पलाल श्रेष्ठको नेतृत्वमा २००६ साल वैशाख ९ गते कम्युनिष्ट पार्टीको स्थापना भएको थियो।











प्रतिक्रिया