काठमाडौं।
नेपालमा पश्चिमी र स्थानीय वायुको प्रभावका कारण हिमाली क्षेत्रमा सामान्य बदली रहेको छ भने अन्य स्थानमा मौसम मुख्यतया सफा रहेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्रमा बादल लाग्नेछ भने केही स्थानमा चट्याङ्गसहित मध्यम वर्षा र हिमपातको सम्भावना छ।
तराई तथा उपत्यकामा तातो मौसम रहने र लुम्बिनी तथा सुदूरपश्चिमका तराई क्षेत्रमा तातो लहरको सम्भावना देखिएको छ। राति अधिकांश स्थानमा मौसम सफा रहनेछ भने कोशीका हिमाली क्षेत्रमा हल्का वर्षा वा हिमपात हुन सक्नेछ।











प्रतिक्रिया